दिपक दुलाल
१८ साउन, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका भित्रका मुख्य सडकहरुमा ट्याक्टर, ट्रक तथा हेभी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।
फाल्गुनन्द गाउँपालिका गाउँकार्यपालिकाको हालै बसेको बैठकले राष्ट्रिय राजमार्ग बाहेकका गाउँपालिका भित्रका मुख्य सडकहरुमा साउन पहिलो हप्तावाट अर्को सूचना जारी नभएसम्मका लागि ट्याक्टर, ट्रक तथा हेभी सवारी साधन सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाभित्रका मुख्य सडकहरु हाल स्तरोन्नती भइ नसकेको र वर्षायाममा सडकहरु हिलाम्य भइ क्षतिग्रस्त हुने र थप बिग्रिन गई धनजनको समेत क्षति हुन सक्ने भएकोले ट्याक्टर तथा ट्रक सञ्चालन गर्न रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको उक्त निर्णयलाई उलङ्घन् गरेको पाइएमा प्रत्येक पटकको पाँच हजार रुपैयाँको दरले जरिवाना तोकिएको समेत गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार ६ : ४८ बजे
प्रतिक्रिया