पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम, १६ साउन  ।  पाँचथर जिल्ला फालेलुङ गाउँपालिका – ७ आहाले बस्ने बर्ष २७ का महेन्द्र तामाङले फिदिम नगरपालिका – १ नाम्दुस्थित ससुराली घरमा  निजकी २२ वर्षीया श्रीमति अनु राईको कोदालोको पासो प्रहार गरी हत्या गरेका छन्।

प्रहरीका अनुसार घटना बिहिबार राति करिब १० बजे भएको हो। घरायसी विवादका क्रममा तामाङले कोदालोको पासोले अनु राईको टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी राईलाई तत्काल जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि झापाको बीएण्डसी अस्पताल, बिर्तामोड झापामा लगिएको थियो। तर उपचारकै क्रममा शुक्रबार बिहान ४:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

मृतकको शव हाल बीएण्डसी अस्पतालमै राखिएको छ । हत्या आरोपी महेन्द्र तामाङ घटना लगत्तै फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरले खोजतलास गरि शुक्रबार विहान फिदिम न.पा. वडा नं. ६ स्थित गोले गाउँमा लुकीछिपी बसको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरमा अनसन्धान भईरहेको प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिएका छन । उनका अनुसार, वैदेशिक रोजगारीका लागि हिँडेका तामाङ प्रयास असफल भएपछि केही दिनअघि मात्रै ससुराली फर्किएका थिए। फर्किएलगत्तै श्रीमतीसँगको विवाद उत्कर्षमा पुगेपछि उनले हत्या गरेका हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ११ : ५० बजे