पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

४-साउन, पाँचथर । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्राे ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियाेगिता-२०८२ मा ८ टिम सहभागी हुने भएका छन् ।

फुङलिङ स्थित भानुजन माविकाे खेल मैदानमा आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टिमको टुङगो लागेको आयाेजक लाखेजात्रा सञ्चालन समितिले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

प्रतियोगितामा लेजण्ड फुटबल एकेडेमी सिलीगुढि भारत, चर्च व्वाईज क्लब काठमाडौँ, सहारा क्लब पोखरा, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्श क्लब सुनसरी, सलहेस युवा क्लब सिराहा, फिदिम स्पोर्टिङ क्लब पाँचथर र तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ सहभागी हुने समितिका अध्यक्ष सागर मादेनले बताए। चाँडै नै खेल तालिका समेत सार्वजनिक गरिने अध्यक्ष मादेनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ । यस वर्ष पुरस्कार राशी वृद्धि गरिएको छ । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतलााई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वाेत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र नव उदयमान खेलाडीलाई जनही १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ । यसै गरी, हरेक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ६४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएकाे छ ।

प्रतियाेगितामा हरेक वर्षा नयाँ टिमलाई सहभागी गराइदै आएकाे छ । यस अनुसार यसपटक सलहेस युवा क्लब सिराहा बाहेक सवै नयाँ टिमलाई अवसर दिइएकाे आयाेजकले जानकारी दिएकाे छ ।

तस्विर : सामाजिक सञ्जाल

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ५ : ५४ बजे