पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल
नवमीडाँडा । उम्लाबुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रोे अधिवेशन पाँचथरको फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा सम्पन्न भएको छ ।
श्रीभक्त लुइँटेलको अध्यक्षतामा ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्दै खानेपानी उपभोक्ता समितिको अधिवेशन सम्पन्न भएको हो । खानेपानीका उपभोक्ताहरुको भेलाबाट समितिको उपाध्यक्षमा भिम ढकाल, सचिवमा हेमराज आङ्देम्बे कोषाध्यक्षमा मनु आङ्देम्बे लगायत ११ सदस्यीय समिति सर्वसहमतीमा चयन गरिएको हो । यसैगरी सदस्यहरुमा टेक बहादुर घिसिङ, पञ्चमान नेपाली, भिमराज आङ्देम्बे, दिपादेवी दुलाल, रञ्जु चापागाई, धन प्रसाद आङ्देम्बे र बरुण कुमार मिखोक्पा चयन हुनुभएको छ ।
कार्यक्रममा नवमीडाँडाका समाजसेवी बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, जननिर्वाचित प्रतिनिधीहरु, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु तथा आम उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङदेम्बेको प्रमुख आतिथ्यता र उम्लाबुङ खानेपानी तथा सरसफाइ उपभोक्ता तदर्थ समितिका अध्यक्ष लिला प्रसाद चापागाईँको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ०० बजे