पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

७ असार, पाँचथर । ब्याडमिन्टन खेलका दुई जना पूर्व खेलाडीहरु महेन्द्र विक्रम थाम्सुहाङ र वल बुर्जा मगरलाई विहिबार फिदिममा सम्मान गरिएको छ ।

ब्याडमिन्टन संघ, पाँचथरले आयोजना गरेको प्रथम सुम्हा?लुङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । खेलाडीद्धयलाई जिल्ला समन्वय समितिको कार्यालय पाँचथरका प्रमुख रामराज आङदेम्बे र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरेका हुन् ।

थाम्सुहाङले जिल्ला ब्याडमिन्टन संघ, पाँचथरका संस्थापक अध्यक्ष तथा दुई कार्यकाल नेपाल ब्याडमिन्टन संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए । उनले विभिन्न जिल्ला, क्षेत्र तथा राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएर उपाधि समेत हाँसिल गरेका थिए । यसै गरी, मगरले तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए ।

जिल्लामा ब्याडमिन्टन खेलको विकासमा योगदान पु¥याउने अग्रज खेलाडीहरुलाई सम्मान गर्ने अभियान अन्तर्गत पूर्व खेलाडीद्धयलाई सम्मान गरिएको ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले बताए । यसका साथै नवप्रतिभाहरुलाई समेत प्रोत्साहित गरिने अध्यक्ष तुम्बापोले जानकारी दिए ।

संघको आयोजनामा तीन दिनसम्म चलेको प्रथम सुम्हा?लुङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर यू-१५ गल्स, यू-१५ ब्वाइज, मेन्स डबल्स, वुमेन्स डबल्स, मिक्स डबल्स, भेट्रान्स (१००) र आन्तरिक जिल्ला स्तरीय समूह बी गरी सात विधा समावेश गरिएको थियो ।

मेन्स डबल्सको उपाधि इलामका दिवश शंकर र नेपाल पुलिस क्लबका कविर केसीले उचाले । उनीहरुले ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । वुमेन्स डबल्सको उपाधि त्रिभूवन आर्मी क्बलका रसिला महर्जन र अमिता गिरिले चुमे । उनीहरुले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । यसै गरी, मिक्स डबल्सको उपाधि विधान अधिकारी र रसिला महर्जनले उचाले । उनीहरुले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । भेट्रान्स (१००) को उपाधि हात पारेका पाँचथरका ज्ञानेन्द्र तामाङ र एलबी साँबाले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । आन्तरिक जिल्ला स्तरीय बी समूह उपाधि दिग्दज कन्दङवा र सुवास राईले आफ्नो पोल्टामा पारे । उनीहरुले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

जुनियस यू १५ गल्सको उपाधि त्रिभूवन आर्मी क्बलकी समृद्धि श्रेष्ठले हात पारिन भने यू १५ ब्वाईजको उपाधि त्रिभूवन आर्मी क्लबका सुदेश राजकोटीले चुमे । उनीहरुले जनही १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

प्रतियोगितामा देशै भरीका २५० खेलाडीले विभिन्न विधामा सहभागिता जनाएको आयोजक ब्याडमिन्टन संघ, पाँचथरका अध्यक्ष तुम्बापोले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको थियो भने याङवरक गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र फालेलुङ गाउँपालिका, ताप्लजुङको सिरीजङ्गा गाउँपालिका सहित लाली बशाह होटल एण्ड रिसोर्ट भेडेटार धनकुटा र डिभिजन वन कार्यालय फिदिम पाँचथर प्रवद्र्धकका रुपमा रहेका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : ४४ बजे