पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२९ जेठ, पाँचथर । फिदिम नगरपालिका १४ स्थित लुङरुपमा विहिबार अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।

लुङरुपा स्थित पुरानो गाविस भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । तत्काल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली पोष्टमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले बताए । स्थानीयको माग तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी पोष्ट स्थापना गरिएको उनले जानकारी दिए ।

प्रहरी पोष्ट स्थापना कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पोष्ट स्थापना गर्न भूमिका निर्वाह गर्ने सवै पक्षलाई धन्यवाद ज्ञापन गरे । प्रहरी पोष्ट स्थापना भएपछि स्थानीय नागरिकको सुरक्षा व्यवस्था व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे ।

सो क्षेत्रमा हुने गैरकानुनी क्रियाकलापहरु नियन्त्रण गर्न प्रहरी चौकी माग गरिएको १४ नं. वडाका अध्यक्ष राजकुमार नेम्बाङले बताए । प्रहरी पोष्ट स्थापना गर्नका लागि आवश्यक सामग्री फिदिम नगरपालिकाले व्यवस्था गरेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ७ : २१ बजे