पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१३ जेठ, पाँचथर । जनता समाजवादी पार्टी नेपाल जिल्ला समितिको अध्यक्षमा लक्ष्मण लावती निर्वाचित भएका छन् । जसपा पाँचथरको सोमबार फिदिममा सम्पन्न जिल्ला अधिवेशनले लावतीलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै नयाँ समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कमलराज नेम्बाङ, उपाध्यक्ष सुवास तुम्बापो (काङसोरे) र सचिवमा कमल हाङसरुम्बा निर्वाचित भएका छन् । यसै गरी, उपसचिवद्धयमा कृष्ण बेघा र दिनेश इङवा एवं कोषाध्यक्षमा अनिला चेम्जोङ निर्वाचित भएका छन् ।

जिल्ला समितिमा अन्य ३८ जना सदस्यहरु निर्वाचित भएको सचिव हाङसरुम्बाले बताए । विभिन्न क्षेत्र, लिङ्ग र समुदाय मिलाएर ४५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरिएको उनले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रलाई जसपाका केन्द्रीय सहअध्यक्ष जनक चेम्जोङ, नेताहरु राजेन्द्रकुमार जवेगु, मचिन्द्रप्रसाद बेघा लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  ८ : ३४ बजे