४ जेठ, पाँचथर । नेपाल तरुण दल फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा गोपाल घिमिरे निर्वाचित भएका छन् । फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडा स्थित कभर्ड हलमा आइतबार सम्पन्न प्रथम पालिका अधिवेशनले घिमिरको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा अईन्द्र फुयल र अर्चना नेम्बाङ, सचिव रोशन रिजाल, सहसचिवद्धय देउकुमार आङदेम्बे र सेसेहाङ चेम्जोङ तथा कोषाध्यक्षमा अमर नेम्बाङ निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा प्रेमराज नेम्बाङ, लिला घिमिरे, जीवन श्रेष्ठ, धनकुमार नेम्बाङ, विरेन तामाङ र रमेश नेम्बाङ रहेका छन् । यसै गरी, गजेन्द्र नेम्बाङ, लालबहादुर सिवा, कमल तामाङ, माया धमला, गजेन्द्र नेम्बाङ, प्रकाश नेपाली र दिपेश आङदेम्बे सदस्य पदमा निर्वाचित भएका छन् । समितिका अन्य सदस्यहरुमा दिपा राई चेम्जोङ, मिलन नेम्बाङ, कविन्द्र आले, युन्छोहाङ आङदेम्बे र सुमिना नेम्बाङ रहेका छन् ।

अधिवेशनले ९ जनालाई जिल्ला प्रतिनिधि चयन गरेको छ । चयन भएका प्रतिनिधिहरुमा महेन्द्र नेम्बाङ, नविन न्यौपाने, राधिका नेम्बाङ, गणेश लुईटेल र सृजना रसाईली रहेका छन् । यसै गरी, धिरेन सिवा, गीता लावती, जापान कुरुम्बाङ र रेनुका काम्बाङलाई समेत जिल्ला प्रतिनिधिमा चयन गरिएको छ ।
अधिवेशनवाट सर्वसम्मत रुपमा गाउँपालिकाको कार्य समिति र जिल्ला प्रतिनिधि चयन गरिएको नेपाल तरुण दल जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष सुमन लामाले बताए ।
अधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सहमहामन्त्री एवं संविधान सभा सदस्य भिष्मराज आङदेम्बे, जिल्ला सभापति रुपनारायण जवेगू, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले शुभकामना मन्तव्य राखेका थिए । यसै गरी, उपसभापति तथा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वृजहाङ आङदेम्बे, उपसभापति डिकेन्द्र चेम्जोङ, सविचद्धय दिपक नेपाल र डेकेन्द्रकुमार तामाङ, सहसचिव गजेन्द्र राई, तरुण नेताहरु धनराज तुम्बापो र चन्द्रसुन्दर खेवाङ, महिला नेतृ मधु जवेगू सहितका नेताहरुले संबोधन गरेका थिए ।

नेपाल तरुण दल केन्द्रीय समितिको परिपत्र अनुसार जिल्लामा वडा र पालिकाको अधिवेशन आयोजना गरिएको तरुण दल पाँचथरका अध्यक्ष लामाले बताए । अध्यक्ष लामाका अनुसार ६० मध्ये ४२ वडा र ८ स्थानीय तह मध्ये १ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका वडा र पालिका अधिवेशनको समेत कार्यक्रम तयार भईसकेको हुनाले चाँडै सम्पन्न गर्ने उनले जानकारी दिए ।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार ८ : १७ बजे
प्रतिक्रिया