पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

३ जेठ, पाँचथर । राष्ट्रिय यूवा संघ नेपाल जिल्ला कमिटिको अध्यक्षमा मदन लावती निर्वाचित भएका छन् । नेकपा एमालेको भातृ संस्था यूवा संघको फिदिममा शुक्रबार सम्पन्न आठौंं जिल्ला अधिवेशनले लावतीलाई दोस्रो पटक अध्यक्षमा चयन गरेको हो ।

जिल्ला कमिटिको उपाध्यक्षमा रितुवर्ण तुम्बापो, सचिव सुजन तुम्बापो, सहसचिव बेताब जवेगू र कोषाध्यक्षमा मनिला शेर्पा निर्बाचित भएका छन् । अधिवेशनले ४१ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको अध्यक्ष लावतीले बताए । सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्य चयन गरिएको उनले जानकारी दिए ।

अधिवेशनको उदघाटन सत्रलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले कोशी प्रदेश कमिटिका सचिव राजकुमार भण्डारी, एमाले पाँचथरका अध्यक्ष विष्णुप्रसाद सापकोटा सहितका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ६ : ०५ बजे