३१- वैशाख, पाँचथर । घर नजिकैकाे शाैचालयमा शिशु मृत फेला परेपछि एक १५ वर्षीया बालिकालाई प्रहरीले मंगलबार गिरफ्तार गरेकाे छ ।
करिब ६ महिनाको शिशु मृत फेला परेपछि आफन्तको घरमा बसी कक्षा ९ मा अध्ययनरत बालिकालाई गिरफ्तार गरिएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुपेश तामाङले बताए । साे घटनाको अनुसन्धान गर्न थप एक जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएकाे प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।
मृतक शिशुकाे लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ । गिरफ्तार गरिएका बलिकाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनकाे स्वास्थ्य अवस्ता खतरामुक्त रहेकाे अस्पतालले जनाएकाे छ ।
प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार ८ : ४१ बजे
प्रतिक्रिया