पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३१ वैशाख, पाँचथर । फिदिम नपा- ९ का २० वर्षीय सुन्दर सारु मगरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडा स्थित जंगलमा भरुवा बन्दुक पड्कीएर मंगलबार मृत्यू भएको छ ।

छिमेकी ३३ वर्षीय मनबहादुर सम्बाहाम्फेसँगै बन्दुक लिएर जंगल गएका मगरको बन्दुकको गोली लागेर मृन्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए । पेटमा गोली लागेका मगरलाई प्रहरी चौकी नवमीडाँडावाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । अस्पताल पुर्याए लगत्तै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका मनबहादुर सम्बाहाम्फेलाई भरुवा बन्दुक सहित बुधबार गिरफ्तार गरिएको प्रहरी निरीक्षक तामाङले बताए । उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ८ : २० बजे