पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम ।  नेकपा माओवादी केन्द्रको जिल्ला सदरमुकाम फिदिममा बैशाख २५ गते विहिवार आयोजना गरिएको खबरदारी सभाको सम्बोधनको लागी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फिदिम आउने भएका छन् । नेकपा माओवादी केन्द्र पाँचथरले मंगलबार फिदिममा पत्रकार सम्मेलन गरि कार्यक्रमको जानकारी गराएको छ ।

सरकार बिचैलीयाहरुको इशारामा चलेको , भ्रष्टचार बढेको , सुशासन कायम गर्न नसकेको , प्रतिगामि तत्वहरुले प्रहार गर्न थालेकाले खबरदारी सभा गर्नु परेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पाँचथर इन्चार्ज इन्द्रबहादुर आङबोले बताएका छन ।

अध्यक्ष प्रचण्डले उक्त खबरदारी सभामा सम्बोधन गर्ने र सभामा पार्टी उपमहासचिव एवं १ नं. प्रदेश ईन्चार्ज लगायतका केन्द्रिय नेता तथा कम्तिमा १० हजार कार्यकर्ताहरुको सहभागिता एवं उपस्थिति रहने नेकपा माओवादी केन्द्र पाँचथरले जनाएको छ । खबरदारी सभाको सम्पुर्ण तयारी पुरा भएको माओबादीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ०४ बजे