मंगल बेघा
२३ वैशाख, पाँचथर । जिल्ला सदरमुकाम फिदिममा प्रदेश स्तरीय एन्फा वेसिक कोर्सको तालिम मंगलबारवाट सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग र जिल्ला फुटबल संघ पाँचथरको आयोजनामा सुरु भएको तालिममा सैद्धान्तिक र व्यावहारिक ज्ञान हाँसिल गराईने आयोजकले जनाएको छ । तालिममा प्रदेश भरीका २ महिला सहित ४३ जनाको सहभागिता रहेको जिल्ला फुटबल संघका अध्यक्ष गणेश राईले जानकारी दिए ।

तालिमको सहजिकरण पूर्व फिफा रेफ्री मधुसुधन खनाल, रोजीन श्रेष्ठ र सचिन अमात्यले गर्नेछन् । यसै गरी, फिजिकल फिटनेस सम्बन्धी सहजिकरण पूर्व फिफा रेफ्री शैलेश जोशी र रोजीन श्रेष्ठले गर्नेछन् ।
एक हप्तासम्म सञ्चालन हुने तालिमको परीक्षा समेत लिइने जिल्ला फुटबल संघका अध्यक्ष राईले बताए । परीक्षा उत्तिर्ण हुने परीक्षार्थीहरुलाई रेफ्रि ब्याच प्रदान गरिने उनले जानकारी दिए ।

तालिमकाे उद्घाटन सत्रलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्ताेष माेक्तान लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
तस्वीर साैजन्य: कुबेर आङदेम्बे
प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार ७ : २७ बजे
प्रतिक्रिया