पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा कक्षा–१२ को परीक्षामा प्रश्नपत्र मोबाइलले खिचि आउट गरेको आरोपमा परीक्षार्थी पक्राउ परेका छन् ।

परीक्षाको पहिलो दिन आईतबार अग्रेजी विषयको प्रश्नपत्रको गोपनियता भङ्ग गरेको जानकारी प्राप्त भएपछि तत्काल पक्राउ गरिएको गरि आवश्यक कार्बाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

पक्राउ परिक्षार्थी सिरिजङ्गा मावि, गोपेटारका छात्र निकेश काम्बाङ रहेका छन । उनको साथबाट मोबाइल बरामत गरिएको छ । कानुनी प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखि आवश्यक अनुसन्धान अघि बढाएको तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ९ : ०३ बजे