पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१७ वैशाख, पाँचथर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले बुधवार काठमाण्डाैवाट गिरफ्तार गरेकाे छ।

जनमत पार्टीसँग नाउपाकाे काठमाडौंको प्रज्ञा भवनमा पार्टी एकताकाे तयारी भइरहँदा प्रहरीले उनलाई सोही स्थानबाट गिरफ्तार गरेकाे हाे। हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको प्रहरीले जनाएकाे छ।

अध्यक्ष राउतले फेसबुकमा स्टाटस मार्फत घटनाकाे भर्त्सना गरेका छन् । “रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।” उनले लेखेका छन्- “यसको हामी घोर भर्त्सना गर्दछौं।”

नाउपाका स‌रक्षक गिरफ्तारमा परेसँगै दुई दलबीचकाे एकिकरण पक्रिया समेत स्थगन गरिएकाे अध्यक्ष राउत जानकारी दिए ।

२०७२ भदौमा कैलालीको टीकापुरमा भएकाे घटनाकाे आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए। उनलाई नेपाल सरकारको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्या भण्डारीले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएकी थिइन्।

आममाफी पाएपछि उनी जेठ १५ मा संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार जेलवाट रिहा भएका थिए। उनकाे रिहा भएपछि साे घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले रिहाइ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ५९ बजे