पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

६– बैशाख, पाँचथर । आगामी सोमबारदेखि फिदिममा आयोजना हुने ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।

जिल्ला सदरमुकाम फिदिम स्थित ब्याडमिन्टन कभर्ड हलमा आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको हो । प्रतियोगितामा प्रदेश स्तरीय छनाैट, खुल्ला भेट्रान्स र जनप्रतिनिधि+स्थायी कर्मचारीबीचका खेलहरु समावेश गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले बताए ।

प्रदेश स्तरीय प्रतियोगितामा मेन्स सिङगल, वुमन्स सिङगल, मेन्स डबल्स, मिक्स डबल्सका इभेन्टहरु समावेस गरिने अध्यक्ष मोक्तानले जानकारी दिए । प्रतियोगिताको मेन्स सिङगल र वुमन्स सिङगल विधाका विजेताले समान १५ हजार, उपविजेताले १० हजार र तृतीय स्थान हाँसिल गर्नेले ५–५ हजार नगद सहित, ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन् । यसै गरी, मेन्स डबल्स र मिक्स डबल्स विधाका विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हाँसिल गर्नेले ५–५ हजार नगद सहित, ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रदेश स्तरीय प्रतियोगितावाट छनौट हुने खेलाडीहरुलाई अन्तर प्रदेश स्तरीय प्रतियोगितामा सहभागि गराईने अध्यक्ष मोक्तानले जानकारी दिए । प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा आयोजना हुने प्रतियोगिताको प्रवद्धक फिदिम नगरपालिका रहेको छ भने प्राविधिक सहयोग जिल्ला ब्याडमिन्टन संघको रहेको छ ।

सोही अवसरमा भेट्रान्स (४५+), सुपर भेट्रान्स (५५+) र जनप्रतिनिधि+स्थायी कर्मचारीहरुको समेत खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव दुस्यान्त बस्नेतले बताए । यस विधाका विजेताले समान ३० हजार, उपविजेताले २० हजार र तृतीय स्थान हाँसिल गर्नेले ५–५ हजार नगद सहित, ट्रफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने सदस्य सचिव बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ५२ बजे