मंगल बेघा
४ वैशाख, पाँचथर। ब्राजिलका फुटबल खेलाडी रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । ब्राजिलियन महान फुटबलर कार्लाेसले स्वास्थ्यका कारण देखाउँदै काठमाण्डाैमा जारी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पूर्व निर्धारित समयमा नेपाल भ्रमणकाे याेजना स्थगित गरेका हुन् ।
नेपाल सुपर लिग (एनएसएल) को आयाेजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स (एनएसइएम) म्यानेजमेन्टले बिहिबार एक विज्ञप्ति जारी गर्दै कार्लोसकाे वैशाख ५ गते हुने भनिएकाे भ्रमण रद्व भएकाे जानकारी दिएको हाे। अचानक बिरामी परेका कारण कार्लोस आउन नसकेको र फाइनल अघि उनी नेपाल आउने आयाेजकले जानकारी दिएकाे छ।
कार्लाेसकाे भ्रमणकाे दिनलाई भनेर खरिद गरिएकाे टिकट उनकाे उपस्थितिमा हुने अर्काे खेलमा प्रयाेग गर्न सकिने आयाेजकले जनाएकाे छ । फिर्ता गर्न चाहने खरिदकर्ताका लागि भने पूरा रकम फिर्ता गरिने आयोजकले जानकारी दिएकाे छ।
एनएसएलमा ७ टिमकाे सहभागिता रहेकाे छ भने लिग चरणका अन्तिम खेलहरु चलिरहेका छन् ।
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार ७ : २२ बजे
प्रतिक्रिया