पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२८ फागुन, पाँचथर । फिदिममा जारी अन्तराष्ट्रिय आमन्त्रण वाइवाइ पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा आज (बुधबार) हुने पहिलो सेमिफाईनलमा मछिन्द्र फुटबल क्बल, काठमाण्डौं र इन्ट्रा पथरी ११ फुटबल क्लब, मोरङ भिड्दै छन् ।

फिदिम माविको खेल मैदानमा दिउँसो २ वजे हुने खेलमा दुवै टोलीको लक्ष्य फाईनल प्रवेश हुनेछ । मछिन्द्रले गत सोमबार भएको तेस्रो क्वाटरफाईनलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । यसै गरी, पथरी– ११ ले आयोजक पाँचथर क्लबलाई प्रतियोगिताको उद्घाटन खेलमा १–० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो ।

दुवै टोलीमा स्तरीय खेलाडी भएकाले पहिलो सेमिफाईनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यद्यपी पछिल्लो समय लयमा रहेको मछिन्द्रलाई रोक्न पथरी– ११ लाई चुनौती हुनेछ ।

आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए ।

हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १२ : ४९ बजे