पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१४ फागुन, पाँचथर । इन्टरनेसनल वुमन्स च्याम्पियनसिप- २०२५ को उपाधि म्यानमारले चुमेको छ । काठमाण्डौं स्थित दशरथ रंगशालामा सम्पन्न फाईनल खेलमा नेपाललाई २-० ले हराउँदै म्यानमारले उपाधि चुमेको हो ।

पहिलो हाफ ०-० को बराबरीमा टुंगिए पनि दोस्रो हाफमा म्यानमारले २ गोल गर्न सफल रह्यो । खेलको ६२ औ मिनेटमा म्यानकारकी यू पर कियोङले गोल गर्दै आफ्नाे टिमलाई अग्रता दिलाइन् । ५ जना नेपाली खेलाडीहरु डिबक्सभित्र रहेता पनि उनले बाँया भागवाट ओभर ल्याप गर्दै वल अगाडि वढाएर केही उचाई दिँदै गरेको प्रहार नेपाली गोल रक्षक एञ्जिला तुम्बापोलाई नागेर गोलमा परिणत भएको थियो ।

अनपेक्षित गोल खाएको नेपाल त्यसपछि संहालिन नपाउँदै दोस्रो गोल खान पुग्यो । खेलको ६४ औं मिनेटमा म्यानमारकी क्याप्टेन विन थियाङ थुमले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन् । मैदानको मध्यभागवाट प्रहार भएको फ्रिकिकलाई नेपाली डिफेन्डरले क्यिलयर गर्न नसकेपछि वान भर्नेस वानको अवस्थमा उनले गरेको प्रहारलाई गोलरक्षक तुम्बापोले रोकेपछि डिफेन्डर गीता रानासँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

लामो समयदेखि उपाधिको खडेरी तोड्न नसक्दा नेपाली महिला खेलाडी उपविजेतामा सीमित हुन पुगे। वल पोजिसनमा म्यानमार भन्दा राम्रो देखिए पनि नेपालले गोल गर्न नसक्दा पटकपटकको अवसर खेर फालेको थियो ।

चार देशीय च्याम्पियनसिपमा आयोजक नेपाल सहित म्यानमार, लेबनन र कीर्गिस्तान सहभागी थिए । लिग चरणमा शीर्ष दुई भित्र रहँदै नेपाल र म्यानमारले फाइनल खेलेका हुन् । लिग चरणमा यी दुई टिमले २-२ गोलको बराबरी खेलेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ४५ बजे