पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

७ फागुन, पाँचथर। अर्थवाज आमन्त्रित पालिका स्तरीय लिग भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाकाे पाेल्टामा परेको छ।

फिदिम नगरपालिका -६ सिवा स्थित सिवा खेलमैदानमा बुधबार भएको प्रतियोगिताको फाइनल खेलमा संखुवासभाको पाँचखपन नगरपालिकालाई ३-२ काे सेटमा पराजित गर्दै झापाली टिमले उपाधि कब्जा गरेको हाे । दमकले पहिलाे र दाेस्राे सेट क्रमशः २५-१६ र २५-२२ ले जित हाँसिल गरेको थियाे भने तेस्रो र चौंथो सेट भने क्रमशः २३-२५ र २२-२५ ले गुमाएको थियो। निर्णायक एवं पाँचौ सेटमा १५-७ ले पाँचखपनलाई हराउँदै दमक साे प्रतियोगिताको च्याम्पियन बनेको हाे ।

जीत सँगै दमकले नगद १ लाख १ हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सिमित बन्न पुगेको पाँचखपनले नगद ७० हजार १११ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

सिवा कला, साहित्य, साँस्कृतिक महोत्सव- २०८१ को अवसरमा आयोजित प्रतियोगितामा प्रदेशभित्रका ८ पालिकाको सहभागिता रहेको फिदिम-६ का वडा अध्यक्ष तथा आयोजक समितिका सदस्य विपन तुम्रोकले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ३६ बजे