पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३० माघ, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा विहिबार (फागुन १ गते) सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै सार्वजनिक विदाको जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष अमरराज माखिमद्धारा हस्ताक्षरित सूचनामा गाउँपालिका, मातहतका कार्यालयहरु र शैक्षिक संस्थारुमा सार्वजनिक विदा हुने व्यहोरा उल्लेख गरिएको छ । गाउँ कार्यपालिकाले माघ १४ गते गरेको निर्णय अनुसार विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) वाट निर्वाचित प्रमुख तथा अध्यक्षहरुले फागुन १ गते जनयुद्ध दिवसको विदा दिँदै आएका छन् । माओवादीले संघीय सरकारको नेतृत्व गरेको समयमा सरकारकै तर्फवाट समेत विदा दिने गरेको थियो ।

तत्कालिन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते थालेको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरी औपचारिक रुपमा टुंङ्याएको थियो । माओवादी शान्ति प्रक्रियामा आएसँगै संसदीय अभ्यासमा सहभागी भएपछि पनि सो दिनलाई माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

माओवादी बाहेकका अन्य दलको नेतृत्व भएका संघीय, प्रदेश र स्थानीय सरकारले भने फागुन १ गते सार्वजनिक विदा दिएका छैनन् । सर्वोच्च अदालतले समेत जनयुद्ध दिवसमा विदा नदिन आदेश गरेको छ ।

हेर्नुहोस् सर्वोच्च अदालतले जनयुद्धमा विदा नदिन गरेको आदेशको समाचार: https://nagariknews.nagariknetwork.com/politics/1464772-1739366212.html?click_from=category&fbclid=IwY2xjawIZhG1leHRuA2FlbQIxMQABHTC_Iuun2MFftnLU_Lda4PGO62FCQnnZss50M1zk7BTwKf3xrXpq6Z054A_aem_7OkQsNRhc3BLHX17WlmQJg

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ३९ बजे