मंगल बेघा
२३ माघ, पाँचथर । प्रेस चौतारी नेपाल पाँचथरको अध्यक्षमा मदन थापा निर्वाचित भएका छन् । मंगलर फिदिममा सम्पन्न चौतारीको सातौं जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा जिल्ला समिति सहित प्रदेश र केन्द्रीय प्रतिनिधि समेत निर्वाचित गरेको हो ।
समितिको खुला उपाध्यक्षमा जीवन गौतम र समावेशी उपाध्यक्ष दुर्गा खनाल, सचिव इवरा जबेगु, सहसचिव राजकुमार इशारा र चिरञ्जीबी बिश्वकर्मा तथा कोषाध्यक्षमा मौशम सम्हाम्फे निर्वाचित भएका छन् ।
![](https://i0.wp.com/shaktipost.com/wp-content/uploads/2025/02/23.3.jpg?resize=720%2C405)
समितिको सदस्यहरूमा निशम लुइटेल, बिकास घिमिरे, डेबिट ओझा र मनोज थापा निर्वाचित भएका छन् । यसै गरी, सन्तोष खनाल, पुङमिहाङ नेम्बाङ र अप्सना रम्तेल समेत सदस्यमा निर्वाचित भएका हुन्।
अधिवेशनवाट प्रदेश प्रतिनिधिमा रबिन्द्र काफ्ले निर्वाचित भए भने केन्द्रिय प्रतिनिधिमा सागर खनाल र दिलकुमारी योञ्जन निर्वाचित भए । सवै पदहरु सर्वसम्मत चयन गरिएकाे चाैतारीका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज सन्दिप राईले बताए ।
![](https://i0.wp.com/shaktipost.com/wp-content/uploads/2025/02/23.1-768x432.jpg?resize=720%2C405&ssl=1)
अधिवेशनको उद्घाटन सत्रमा चौतारीले पॉचथरका निवर्तमान अध्यक्ष तुलसी थापा, सह सचिव चिरञ्जिवि विश्वकर्मा र सदस्य मौसम सम्बाहाम्फेलाई सम्मान गरेको छ । थापाले संगठन सुदिृढिकरणमा पु¥याएको योगदान वापत, विश्वकर्मा चौतारी पॉचथरको प्रतिनिधित्व गर्दै दलित पत्रकार मञ्च प्रदेश सदस्य र सम्बाहाम्फे आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रदेश सदस्यमा निर्वाचित भएकोले सम्मान गरिएको प्रेस चौतारी पाँचथरका निवर्तमान अध्यक्ष रबिन्द्र काफ्लेले बताए ।
![](https://i0.wp.com/shaktipost.com/wp-content/uploads/2025/02/23.jpg?resize=720%2C405&ssl=1)
अधिवेशनको उद्घाटन सत्रलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्बाङ, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष विमल सापकोटा, चौतारीका केन्द्रीय सदस्य सन्दिप राई, पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटा , प्रेस युनियनका अध्यक्ष खविन लुइटेल, प्रेस सेन्टरका अध्यक्ष युद्धबहादुर बोहोरा, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश अध्यक्ष बिजयबोध लावती लगायतका अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।
तस्विर साैजन्य : रविन्द्र काफ्ले
प्रकाशित मिति : २३ माघ २०८१, बुधबार ३ : ३६ बजे
प्रतिक्रिया