१६ माघ, पाँचथर । नेपाल निजामती कर्मचारी संगठन पाँचथरको बुधबार सम्पन्न १२ औं जिल्ला अधिवेशनले मिलन राईको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ ।
जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न जिल्ला अधिवेशनले राईको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा सुर्वण केदेम र जुनीका वनेम रहेका छन्। यसै गरी, सचिवमा प्रदिप अधिकारी, सहसचिव भेषराज थापा र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी निर्वाचित भएको संगठनले जनाएको छ।
निर्वाचित सदस्यहरुमा गोपीबहादुर नेपाली, चन्द्रप्रकाश राई, रबिकुमार ठाकुर, इमराम आलम र बिनायक किशोर सिंह रहेका छन् । यसै गरी, सपना सम्बाहाम्फे, कमला देबी तिम्लसिना, वेदप्रसाद मिश्र, दिलमान योङहाङ र निर्मल खाती समेत सदस्यमा निर्वाचित भएका छन् ।
अधिवेशनले लेखापरिक्षण आयोगमा प्रकाश तामाङलाई संयोजक चयन गरेको छ । यसै गरी, केन्द्रीय प्रतिनिधिहरुमा पदमबहादुर नेम्बाङ, सरेन्द्र भण्डारी, सुशिला सुवेदी र तिर्थसाथ मिश्र चयन भएका छन् । प्रदेश प्रतिनिधिहरु सरस्वती सिवाकोटी, कुमार बस्नेत, जयराम दाहाल, ढुण्डीराज दुलाल र यामप्रसाद लुईटेल रहेका छन् ।
जिल्ला समिति र प्रदेश तथा संघको प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष राईले बताए । जिल्ला समिति र लेखापरिक्षण आयोगका थप सदस्यहरु आगामी वैठकवाट मनोनयन गरिने अध्यक्ष राईले जानकारी दिए ।
प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ८ : ४४ बजे
प्रतिक्रिया