पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१३ माघ, पाँचथर । पाँचौं संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ गतेवाट फिदिममा आयोजना हुने भएको छ ।

आयोजक पाँचथर क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतिोगिता बारे जानकारी दिएको हो । फिदिम माबिको खेल मैदानमा चैत्र २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस संस्करणमा पुरस्कार राशिमा दोब्बर बृद्धि गरिएको छ। यस संस्करणको बिजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने क्लबका अध्यक्ष कमल तुम्रोकले बताए । यसै गरी, उपबिजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष तुम्रोकले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमका विषयमा क्लबहरुसँग छलफल भई रहेको र चाँडै नै टुंगो लगाईने क्लबका सचिव प्रदिप भण्डारीले बताए । यस संस्करणमा एक विदेशी टिम सहित शहिद स्मारक ए डिभिजन लिगका चार, आयोजक र बि डिभिजनको एक टोलीको सहभागिता रहने सचिव भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ०५ बजे