पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१० माघ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकप– २०८१ मा दुधे भेट्रान्स झापा र रेड स्टार क्लब विर्तामोड अन्तिम चारमा प्रवेश गरेका छन् ।

फिदिम माविको खेलमैदानमा विहिबार भएको तेस्रो क्वाटर फाईनलमा दुधे भेट्रान्सले स्काई क्लब धरानलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ को बराबरी खेलेपछि टाईब्रेकर मार्फत नजिता लिइएको थियो । टाईब्रेरकमा भाग्यमानी सावित भएको झापाले ४–२ को जितसहित सेमिफाईनलमा स्थान पक्का गरेको हो ।

पेनाल्टी सुटआउटमा झापाका देवी तुम्बापो, सन्तोष नेम्बाङ, सन्देश देवान र बालचन्द्र जवेगूले गोल गर्दा भिष्म गोल गर्नवाट चुकेका थिए । धरानका मनिष मगर र सुरेश राईले गोल गर्दा सुमन श्रेष्ठ र राजकुमार राई गोल गर्नवाट चुकेका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको झापा र धरानबीचको खेलमा पहिलो हाफको २६ औं मिनेटमा धरानले अग्रता लिएको थियो । धरानका रोगेन्द्र राईले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । दोस्रो हाफ सुरु भएपछि लगातार २ गोल गरेर झापाले खेल आफ्नो पक्षमा पारेको थियो । खेलको ५० औं मिनेटमा झापाका हर्कबहादुर तामाङले गोल गर्दै १–१ को बराबरीमा बनाए । यसै गरी, खेलको ५६ औं मिनेटमा राकेश शेर्माले अर्को गोल थपेर आफ्नाे टाेलीलाई २–१ को अग्रता दिलाए । धरानका सुमनले खेलको ७२ औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

तेस्रो क्वाटर फाईनलको म्यान अफ दि म्याच दुधे भेट्रान्स गोलरक्षक सुरेन देवान घोषित भए । उनले नगद रु २ हजार २ सय प्राप्त गरे ।

यसै गरी, अन्तिम क्वाटर फाईनलमा रेड स्टार क्बल, विर्तामोडले गोरख भेट्रान्स इलामलाई ३–० ले हराउँदै सेमिफाईनल प्रवेश गरेको छ । विर्तामोडको जितमा बुद्धबहादुर लिम्बू नायक बने । उनले इलाम विरुद्ध २ गोल गरे । उनले पहिलो हाफको आठौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको ६७ औं मिनेटमा विर्तामोडका अंकुर कुमार खड्कीले अर्को गोल गर्दै टिमको अग्रता दोब्बर पारे । यसै गरी, खेलको ७१ औं मिनेटमा बुद्धबहादुर लिम्बूले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–० को अग्रता दिलाएका थिए ।

अन्तिम क्वाटर फाईनलको म्यान अफ दि म्याच रेडस्टारका बुद्वबहादुर लिम्बू घोषित भए । उनले नगद रु २ हजार २ सय प्राप्त गरे ।

प्रतियोगिताको सेमिफाईनल शुक्रबार र फाईनल शनिबार आयोजना गरिने आयोजक आयोजक फिदिम भेट्रान्स क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शुक्रबार हुने सेमिफाईनलका खेलहरु
पहिलो सेमिफाईनल : फिदिम भेट्रान्स क्लब, पाँचथर विरुद्ध दुधे भेट्रान्स, झापा (दिउँसो १ वजे)
दोस्रो सेमिफाईनल : बौद्ध भेट्रान्स, रानीटार पाँचथर विरुद्ध रेडस्टार क्लब, विर्तामोड (दिउँसो ३ वजे)

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : १५ बजे