पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२९ पौष, पाँचथर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको अध्यक्षमा उपेन्द्र येक्तेन निर्वाचित भएका छन् ।

जिल्ला सदरमुकाम फिदिममा सोमबार सम्पन्न फोनिज पाँचथरको पाँचौं जिल्ला अधिवेशनले येक्तेनको नेतृत्वमा १० सदस्यीय जिल्ला शाखा समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा अजेन्द्र वाईबा तामाङ, सचिव सुवास राई समिप, सहसचिव सर्मीला मुखिया र कोषाध्यक्षमा रजनी हाङसरुम्बा चयन भएका छन् । यसै गरी, निर्वाचित सदस्यहरुमा राजकुमार इसारा, भीमकुमार चेम्जोङ, भुपेन योङहाङ, इच्छामाया साँबा र तागेरा तावाहाङ रहेका छन् ।

अधिवेशनले सात जना प्रदेश प्रतिनिधि र चार जना संघीय प्रतिनिधि समेत निर्वाचित गरेको छ । यसरी निर्वाचित हुने प्रदेश प्रतिनिधिहरुमा विजय बोध लावती, भवानी तावा, नारायण तुम्बापो, रामचन्द्र तामाङ, रोहितकुमार आङबो, मौसम सम्बाहाम्फे र चित्रकला हाङसरुम्बा रहेका छन् । यसै गरी, कविन्द्र शेर्मा, सन्देश सुब्बा, सेसेहाङ लावती र इवारा जवेगु संघीय प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मंगल बेघाले बताए ।

पाँचौं अधिवेशनको बन्दसत्रले जिल्ला शाखा समिति, प्रदेश र संघीय प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन समितिको संयोजक बेघाले जानकारी दिए ।

दुई पत्रकार पुरस्कृत

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

फोनिज पाँचथरको पाँचौं अधिवेशनको उद्घाटन सत्रमा सुवास राई समिप र रजनी हाङसरुम्बालाई जनही ५ हजार नगद र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो । राई फालेलुङ टाईम्स अनलाईनका सम्पादक हुन भने हाङसरुम्बा सुम्हात्लुङ टाईम्समा आवद्ध छिन् ।

महासंघको योजना अनुसार सञ्चारको क्षेत्रवाट आफ्नो समुदायको विकासमा योगदान पु¥र्याउने पत्रकारहरुलाई पुरस्कृत गरिएको निवर्तमान अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिए ।

अघिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथि फोनिज संघीय समितिको लेखा समितिका संयोजक चन्द्र पन्दाक प्रयास, नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष भीमकुमार बाँस्कोटा, प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुईटेल, किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा अध्यक्ष सुरेन शिशिर केरुङ लगायतका अतिथिहरुले संबोधन गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : ०३ बजे