उपाधि कब्जा गरेको चर्च बोइजले नगद १० लाख ५ सय ५५ रुपैयाँ हात पार्यो भने उपविजेता बनेको मछिन्द्रले नगद ५ लाख ५ सय ५५ रुपैयाँमा चित्त बुझायाे ।
मंगल बेघा
१५ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ को उपाधि एपीआई पावर चर्च बोइज युनाइटेडले कब्जा गरेको छ । सोमबार भएको फाईनलमा मछिन्द्र फुटबल क्बल, काठमाण्डौलाई टाईब्रेरकमा पराजित गर्दै चर्च बोइजले उपाधि कब्जा गरेको हो ।
दर्शकले भरिभराउ फिदिम माविको खेल मैदानमा भएको उपाधि भिडन्तमा निर्धारित समयभित्र दुवै टोलीले २–२ को बराबरी खेलेपछि सोझै टाईब्रेकर लिइएको थियो । टाईब्रेकरमा चर्च बोइज भाग्यमानी सावित हुँदै ५–४ को जित सहित पहिलो पल्ट फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको हो ।
खेल सुरु भए लगत्तै चौथो मिनेटमा चर्च बोइजका दिपेश गुरुङले गरेको लामो प्रहार पोष्ट नजिकै हुँदै बाहिरियो । मछिन्द्रका देवेन्द्र तामाङले २३ औं मिनेटमा फ्रिकिकवाट गरेको शक्तिशाली प्रहारलाई चर्च बोइजका गोल रक्षक क्रिशल मोक्ताले बचाए । खेलको २६ औं मिनेटमा चर्च बोइज रोहन कार्कीले गोलपोष्ट नजिकैवाट सेकेण्ड बारमा गरेको प्रहार फ्रेमभित्र पर्न सकेन । यसै गरी, ४० औं मिनेटमा चर्चले गोल गर्ने सुन्दर अवसर खेर फाल्यो । गोल रक्षकसँग वान भर्नेस वानको अवस्थामा विदेशी खेलाडी फकुन्नले अबायोमीले गरेको प्रहारलाई मछिन्द्रका गोल रक्षक विशाल श्रेष्ठले बचाउ गरे । पहिलो हाफको ४५ औं मिनेटमा मछिन्द्रले सुरुवाती अग्रता लिएको थियो । मछिन्द्रका विजु भूजेलको लामो थ्रोलाई क्लियर गर्ने क्रममा विदेशी खेलाडी सेर्गे डिक्काको हेड फ्लिप भएर आत्मघाती गोल हुन पुगेको थियो ।
दोस्रो हाफमा आक्रमक खेल पस्किएको चर्च बोइजले ५२ औं मिनेटमा सुन्दर अवसर खेल फाल्यो । चर्चका समिर तामाङले मध्यभागवाट वल अगाडि वढाउँदै गोल पोष्ट नजिकै मिलाई दिएको पासलाई विदेशी खेलाडी अर्माण्ड बेयुडुमले सदुपयोग गर्न सकेनन् । ५५ औं मिनेटमा चर्चका रोहन कार्कीले डिबक्स बाहिरवाट गरेको प्रहार गोल पोष्ट माथिवाट बाहिरियो । ७८ औं मिनेटमा चर्च बोइजले बराबरी गोल फर्कायो । राेहन कार्कीले फ्रिकिकवाट डिबक्सभित्र मिलाई दिएकाे बललाई अनमार्क रहेका छिरिङ लामाले हेड मार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
निर्धारित समयको अन्त्यतिर दुवै टोलीले आक्रमक फुटबल खेले । खेलको ८२ औं मिनेटमा मछिन्द्रका मनिश डाँगी गोल गर्ने सुन्दर अवसर खेल फाल्न पुगे । त्यस लगत्तै चर्चका समिर तामाङले गरेको शक्तिशाली प्रहारले गोलपोष्टका दिशा लिन सकेन । खेलको ८८ औं मिनेटमा मछिन्द्रका सनिश श्रेष्ठले गोल गर्दे खेल २–१ को स्थितिमा पु¥र्र्याए । मैदानको मध्य भागवाट देवेन्द्र तामाङले फ्रिकिक मार्फत गरेको प्रहारलाई चर्चका गोलरक्षक मोक्तानले राम्रोसँग क्लियर गर्न नसकेपछि अनमार्क रहेका श्रेष्ठले हेड मार्फत जाली चुमाउँदै टिमलाई उपाधि नजिक पु¥र्याए । दोस्रो हाफको अतिरिक्त समयमा चर्चका समिर तामाङले गोल गर्दै खेल २–२ को बराबरीमा पु¥र्याए ।
निर्धारित समयमा दुवै टिमको बराबरी गोल भएपछि टाईब्रेकर लिइएको थियो । टाईब्रेकरमा चर्च बोइजका सुजन ढङगोल, रोहण कार्की, छिरीङ लामा, एकराज बुडाथोकी र फकुन्ने अवियामीले गोल गरेका थिए । यसै गरी, मछिन्द्रका सौरभ सुब्बा, सनिश श्रेष्ठ, र समीराज थोकर र देबेन्द्र तामाङले गोल गरेका थिए भने दोस्रो प्रहार लिएका दयानन्द इलाङबामको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले रोकेका थिए ।
उपाधि कब्जा गरेको चर्च बोइजले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पा¥र्यो । यसै गरी, उपविजेतामा चित्त बुझाएको बनेको मछिन्द्रले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त ग¥र्यो ।
फाईनलको म्यान अफ दि म्याच मछिन्द्रका सनिश श्रेष्ठ घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
व्यक्तिगत विधामा क–कसले पुरस्कार पाए ?
११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ मा व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक चर्च बोइजका क्रिशल मोक्तान, उत्कृष्ट डिफेन्डर मछिन्द्रका देबेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च बोइजका दिपेश गुरुङ, उत्कृष्ट फरर्वाड मछिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च बोइजका सुमन श्रेष्ठ घोषित भए । उनीहरूले जनही पुरस्करा वापत नगद १० हजार र ट्रफी हात पारे ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनले एक थान इभि स्कुटर प्राप्त गरे ।प्रतियोगितामा ५ गोल गरेका समिर तामाङ सर्वाधिक गोलकर्ता बन्दै नगद १५ हजार समेत प्राप्त गरे । उदीयमान खेलाडीका रूपमा आयोजक फिदिम स्र्पोटिङ क्लबका मनिष क्षेत्री घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा उत्कृष्ठ छनौट भएका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम), जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
फिदिम स्पोर्टिङ क्बलको आयोजनामा पौष ६ गतेदेखि भएको प्रतियोगितामा एक विदेशी र चार ए डिभिजन क्बल सहित १० टिमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : १५ पुस २०८१, सोमबार ८ : ५१ बजे
प्रतिक्रिया