मंगल बेघा
११ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ को अन्तिम क्वाटर फाईनलमा विहिबार न्यु रोड टिम (एनआरटी), काठमाण्डौ र सलहेश युवा क्लब सिराहा भिड्दैछन् ।
फिदिम माविको खेल मैदानमा दिउँसो २ः३० वजे हुने प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटर फाईनलमा ए डिभिजन क्बल एनआरटीले पछिल्लो समय पूर्वमा राम्रो फुटबल खेलिरहेको सलहेशको सामना गर्न लागेको हो । राष्ट्रिय खेलाडी सहित उत्रले एनआरटीले आफ्नो लयलाई निरन्तरता दिनेछ । हालै मात्र झापा कपमा उपविजेता बनेको एनआरटीले सो भन्दा अगाडि इलाम गोल्डकपको उपाधि हात पारेको थिो ।
समूह बी मा रहेका यी दुई टोलीको विजेताले यस अघि नै सेमिफाईनलमा प्रवेश गरिसकेको मछिन्द्र फुटबल क्बल, काठमाण्डौंको सामना गर्नेछ । समूह ए तर्फ आयोजक फिदिम स्पोर्टिङ क्लब र एपीआई चर्च बोइज युनाईटेड यस अघि नै सेमिफाईनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल पौष १५ गते फिदिम माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको छ भने पाँचथर जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार १० : ५९ बजे
प्रतिक्रिया