मंगल बेघा
९ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ मा न्यु स्टार क्बल, सुनसरी माथि गोल वर्षाउँदै मछिन्द्र फुटबल क्बल, काठमाण्डौं सेमिफाईनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेलमैदानमा मंगलबार भएको दोस्रो क्वाटर फाईनलमा मछिन्द्रले न्यु स्टार माथि आधा दर्जन गोल वर्षाएपछि अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अधिकांश समय दवाव झेलेको न्यु स्टारले २ गोल गरेको थियो ।
खेलको सुरुवातदेखि नै आक्रमक फुटबल पस्किएको मछिन्द्रले पहिलो हाफको पाँचौं मिनेटमा अग्रता लिएको थियो । मछिन्द्रका विजु भुलेलले गरेको लामो थ्रो सोझै गोलमा परिणत भएपछि न्यु स्टार १–० ले पछि परेको थियो । खेलको १३ औं मिनेटमा न्यु स्टारका शुसिल लिम्बूले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । मिलन राईले मिलाएको पासलाई नियन्त्रणमा लिदै उनले गरेको प्रहारले सोझै जाली चुमेको थियो । त्यस लगत्तै १५ औं मिनेटमा पुनः मछिन्द्रका विजु भुलेलले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । यस पटक पनि उनले गरेको लामो थ्रोबललाई न्यु स्टारका गोलरक्षक सौरब बरालले बचाउन सकेनन् ।
खेलको ४३ औं मिनेटमा मछिन्द्रका आदित्य शाक्ले गोल गर्दै आफ्नो टिमलाई ३–१ को अग्रता दिलाए । दुई विपक्षी डिफेन्डरलाई छक्काएर बल अगाडि वढाउँदै मनिश डाँगीले गरेको प्रहारलाई न्यु स्टारका गोलरक्षक बरालले रोकेपछि प्राप्त रिबाउण्डलाई नियन्त्रणमा लिँदै शाक्यले गरेको सटिक प्रहारले जाली चुमेको थियो ।
दोस्रो हाफको ५६ औं मिनेटमा मछिन्द्रका मनिश डाँगीले गोल गर्दै आफ्नो टिमलाई ४–१ को अवस्थमा पु¥याए । न्यु स्टारका दुई डिफेन्डरले अलमलिएर क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदैँ उनले गरेको शक्तिशाली प्रहार सोझै गोलमा परिणत भएको थियो । खेलको ६२ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोल उपहार पायो । न्यु स्टारका सञ्जय श्रेष्ठले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेपछि गोल अन्तर ५–१ मा पुग्यो ।
न्यु स्टारले ६७ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत ग¥र्यो । न्यु स्टारका शुसिल लिम्बूले बाँया भागवाट मिलाई दिएको पासलाई सञ्जिव श्रेष्ठले सोझै जाली चुमाउँदै गोल अन्तर ५–२ मा पु¥र्याए । खेलको ८५ औं मिनेटमा मछिन्द्रका सौरव लिम्बूले आकर्षक गोल गर्दै खेल ६–२ को फराकिलो गोल अन्तरमा पु¥र्याए । उनले दुई विपक्षी डिफेन्डरहरुलाई छक्काउँदै उचाई दिएर गरेको प्रहारलाई न्यु स्टारका गोल रक्षकले बनाउन सकेनन् ।
आजको खेलको म्याद अफ दि म्याच मछिन्द्रका सनीश श्रेष्ठ घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले नगद १० हजार र ट्रफी हस्तान्तरण गरे ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल पौष १५ गते फिदिम माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको छ भने पाँचथर जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
बुधबार हुने तेस्रो क्वाटर फाईनल :
चर्च बोइज युनाईटेड, काठमाण्डौ विरुद्ध विराटनगर सिटि फुटबल क्लब, विराटनगर
प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार ८ : २८ बजे
प्रतिक्रिया