पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमिडाँडा । फाल्गुनन्द गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गरेको छ ।
फाल्गुनन्द गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा सबैभन्दा बढी ९ स्वर्णपदक, ५ रजत पदक र ६ कांस्यपदक प्राप्त गरेर यसवर्षको खेल आयोजक सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

गतवर्षको समेत बिजेता रहेको सिद्धदेवी मावि नवमीडाँडा यो वर्षको जितसँगै लगातार दोस्रो पटक बिजेता बनेको छ । उक्त विद्यालयले यस अघि लगातार ३ वर्षको प्रतियोगिता जितेर रनिङ शिल्ड आफ्नै बनाउन सफल भइसकेको छ ।
यस्तै ७ स्वर्णपदक, ८ रजत पदक र५ कांस्यपदकका साथ घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ । जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेले ५ स्वर्णपदक, ५ रजत पदक र ५ कांस्य पदक जितेर प्रतियोगितामा तृतिय स्थान हासिल गरेको छ ।
यसैगरी सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङले ३ स्वर्णपदक, ३ रजत पदक र १ कांस्यपदक प्राप्त गरेको छ । जनकल्याण माध्यमिक विद्यालय फाक्तेपले २ स्वर्णपदक २रजत पदक र ३ कांस्यपदक,पाथीभरा बोर्डिङ स्कूल राँकेले २ स्वर्णपदक र १ कांस्यपदक, जलसिंह माध्यमिक विद्यालय चिम्फुलाले १ स्वर्णपदक २ रजत पदक र २ कांस्यपदक, सिद्धेश्वरी माध्यमिक विद्यालय चिलिङ्देनले १ स्वर्णपदक र ३ कांस्यपदक, सारताप माध्यमिक विद्यालय सारतापले ३ रजत पदक र १ कांस्यपदक, ज्योति माध्यमिक विद्यालय आङ्साराङले२ रजत पदक र २ कांस्यपदक जित्न सफल भएका छन् ।

oplus_2


प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, विशेष अतिथि गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृतदेवी प्रसाद तुम्बापो,शिक्षा शाखा प्रमूख बाबुराम राई लगायतले कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
यहि मंसिर २८,२९ र ३० गते फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडामा सञ्चालन भएको यसवर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले उद्धघाटन गर्नुभएको थियो ।

कार्यक्रम सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाका विद्यालय व्यवस्थापन ससमितिका अध्यक्ष चन्द्रराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु,विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, समाजसेवी, बुद्धिजिवी राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधीहरु,अभिभावकहरु तथा फाल्गुनन्द गाउँपालिकाभरिका विद्यालयका शिक्षकहरु साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ४३ बजे