मंगल बेघा
३ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ को उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्बलले करसाङ फुटबल क्बल, करसाङ भारत सामना गर्ने भएको छ ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता सञ्चालन गर्न क्लबले जारी गरेको खेलतालिका अनुसार आयोजकले पौष ६ गते हुने उद्घाटन खेलमा प्रतियोगिताको एक मात्र विदेशी क्बल करसाङको सामना गर्ने भएको हो । पौष ७ गते हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब काठमाण्डौ र झापा ११ फुटबल क्लब झापा भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो क्वाटर फाईनलमा पौष ८ गते त्रिभूवन आर्मी फुटबल क्लब काठमाण्डौंले उद्घाटन खेलको विजेता आयोजक र करसाङ मध्ये एकको सामना गर्नेछ । यसै गरी, पौष ९ गते हुने दोस्रो क्वाटर फाईनलमा न्यु स्टार क्लब सुनसरीले मछिन्द्र र झापा ११ को विजेतासँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
प्रतियोगिताको तेस्रो क्वाटर फाईनलमा पौष १० गते चर्च बोइज युनाईटेड काठमाण्डौ र विराटनगर सिटि फुटबल क्बल विराटनगर आमने सामने हुने भएका छन् । यसै गरी, पौष ११ गते हुने अन्तिम क्वाटर फाईनलमा एनआरटी क्लब काठमाण्डौ र सहलेश क्लब सिराहाले प्रतिस्पर्धा गर्नेछन् ।
समूह ए तर्फका अन्तिम दुई टोलीबीच पौष १२ गते पहिलो सेमिफाईनल हुनेछ भने समूह बी तर्फका क्वाटर फाईनल पार गर्ने अन्तिम दुई टोलीबीच पौष १३ गते दोस्रो सेमिफाईनल हुनेछ । प्रतियोगिताको फाईनल खेल पौष १५ गते सञ्चालन गरिने आयोजक फिदिम स्र्पोटिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
तस्बिर : फुङ्सो जबेगु र भुपेन योङ्हाङ
प्रकाशित मिति : ३ पुस २०८१, बुधबार १२ : ०३ बजे
प्रतिक्रिया