पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको सभापतिमा प्रकाश गुरुङ चयन भएका छन्। सोमबार फिदिममा सम्पन्न पहिलो जिल्ला सम्मेलनले गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो।

नवगठित समितिमा उपसभापतिमा सहरसिं तामाङ, सचिवमा धनकुमार धमला, सहसचिवमा यामकुमार शिवाकोटी, कोषाध्यक्षमा सिर्जना रिजाल, र सदस्यहरूमा मुना लक्सम, महेश्वर तिम्सिना, चन्द्रप्रसाद आचार्य, रविन आङदेम्बे, सुनिल बर्मा, र कुलराज तामाङ रहेका छन्। सभापतिमा चयन भएका गुरुङ फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पनि हुन्।

सम्मेलनमा रास्वपाका केन्द्रीय सदस्य एवं सांसद डा. तोसिमा कार्की, सहप्रवक्ता रमेश प्रसाई, कोशी प्रदेश महामन्त्री लालविक्रम थापा, र ताप्लेजुङ जिल्ला सभापति विरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

गत असोज १ र २ गते भएको भेलाले दुई सदस्यीय जिल्ला समितिलाई पुनर्गठन गरी १३ सदस्यीय बनाउने निर्णय गरेको थियो। सोहीअनुसार संगठन विस्तारको काम अगाडि बढाइएको ताप्लेजुङ जिल्ला सभापति विरेन्द्र श्रेष्ठले जानकारी दिए।

नवनिर्वाचित सभापति गुरुङले सामाजिक कामलाई प्राथमिकतामा राखेर संगठनको गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। हालै टुंगो लागेको कार्यसमितिमा थप दुई सदस्य मनोनयन गरी जिल्लामा पार्टी गतिविधि अझै सक्रिय बनाउने योजना रहेको गुरुङले बताए।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ४१ बजे