पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२५ मंसिर, पाँचथर । श्री लिङखिमको संयोजकत्वमा लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूहको तम्मर थुम समिति सोमबार गठन भएको छ ।

१५ सदस्यीय समितिको सहसंयोजकमा भिङमारे हेल्लोक, सदस्यहरुमा कमला पालुङवा, राजेन्द्र येङदेन, मिङसो साम्यु, लोकबहादुर मादेन, भक्तबहादुर अन्छङबो, केदारजुङ ताम्मादेन र लाबाहाङ फेम्बु रहेका छन् । यसै गरी, कमानसिङ माङयुङ, दिलबहादुर पतङवा, सूर्य माबोहाङ, नैनबहादुर सवेहाङ, आरुस लेछर्बो र सुरेश लिङखिम समेत सदस्यमा चयन भएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ स्थित लिङखिमको सेङ्वामा सम्पन्न भूमि अधिकार सम्बन्धी थुमगत भेलाले सो समिति गठन गरेको हो । भेलामा साविक तम्मर थुममा बसोबास गर्ने लिम्बूहरुको थरगत संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे।

भेलामा भूमि अधिकार र प्रथाजनित प्रणालीका विषयमा भएको छलफल एवं निर्णयलाई कार्यान्वयन गर्न थुम समिति गठन गरिएको लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजिकरण समूहका केन्द्रीय संयोजक नन्द कन्दङवाले बताए । बाँकी रहेका अन्य थुमहरुमा समेत भेला आयाेजना गरी समिति गठन गरिने संयोजक कन्दङवाले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : ०५ बजे