पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२२ मंसिर, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता- २०८१ को उपाधि गोधुली क्लब धरान सुनसरीको पोल्टामा परेको छ । ताप्लेजुङको फुङलिङ वजार स्थित भानुजन माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा रेड डेभिल्स माईजोमाई इलामलाई ४-१ को सहज जित दर्ता गर्दै गोधुली क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

गोधुलीलाई उपाधि दिलाउन कार्लोसले खेलको ४५ औं मिनेट गोल गरे । त्यस लगत्तै गोधुलीका शिसिर लेखीले खेलको ५२ औं मिनेटमा अर्को गोल गर्दै इलाम विरुद्धको अग्रता दोब्बर पारे । यसै गरी, संजय श्रेष्ठले खेलको ६७ औं र दोर्जे तामाङले ७८ औं मिनेट गोल गर्दै आफ्नो टिमलाई ४-० को अग्रता दिलाए ।

खेल अवधिभर दवावमा देखिएको इलामले ८८ औं मिनेटमा पेनाल्टीको अवसर पायो । सो अवसरलाई सदुपयोग गर्दै सुगम खजुमले सान्तवना गोल फर्काए । खेलको बाँकी समय कुनै टिमवाट गोल नभएपछि सुनसरीले ४-१ को नजिता सहित उपाधि चुम्न सफल भएको हो ।

उपाधी विजेता सुनसरीले ३ लाख २ हजार ८१ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो । उपविजेतामा चित्त बुझाएको इलामले १ लाख ५० हजार ८१ रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्यो ।

फाईनल खेलको म्यान अफ दि म्याच सुनसरीका शिसिर लेखी घोषित भए । उनले नगद ५ हजार र ट्रफी हा पारे । यसै गरी, व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोल रक्षक सुनसरीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक सुनसरीकै इन्द्र थापा मगर घोषित भए । राइजिङ प्लेयर कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङका सुहाङ लिम्बू घोषित भए । उनीहरुले जनही ५ हजार नगद र ट्रफी हात पारे । प्रतियोगिताको सर्बश्रेष्ठ खेलाडी सुनसरीका मिलन राई घोषित भए । उनले ७ हजार नगद र ट्रफी हात पारे ।

प्रतियोगिताका विजेता तथा उपविजेता एवं विधागत रुपमा उत्कृष्ट घोषित खेलाडी र प्रशिक्षकलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा सहितका अतिथिहरुले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

तस्विर सौजन्य- दिलिप राई

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ८ : ३३ बजे