पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२- कात्तिक, पाँचथर। सहकारीको रकम ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार साँझ काठमाडौं स्थित पार्टी कार्यालयवाट प्रहरीले गिरफ्तार गरेको छ।

जिल्ला अदालत, कास्कीले सभापति लामिछानेको नाममा पक्राउ अनुमति जारी गरेपछि उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आरोपित लामिछानेले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको भन्दै उनी विरुद्ध उजुरी दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले गरेको पत्राचार अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले लामिछानेलाई पक्राउ गरेको हो । उनलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तार हुन अघि लामिछानेले पार्टी कार्यालयमा उपस्थित आफ्ना समर्थकलाई संक्षिप्त संबोधन गर्दै आफुलाई फसाइएको भन्दै विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । “वर्तमान सरकार बन्ने गठबन्धन निर्माण भएकै दिन मलाई फसाउन सहमती भएको थियो”- उनले भने- “राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्न आग्रह गर्दछु ।”

पार्टी कार्यालयमा उपस्थित रास्वपाका नेता तथा कार्यकर्ताले वर्तमान सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : २९ बजे