मंगल बेघा
१९ असोज, पाँचथर । बात्सल्य एभरेष्ट महिला भलिबल लिगको उपाधी कर्णाली यश्विनजको पोल्टामा परेको छ । काठमाण्डौमा शनिबार साँझ सम्पन्न फाईनल खेलमा ललीतपुर क्विन्सलाई पराजित गर्दै कर्णालीले उपाधी आफ्नो पोल्टामा पारेको हो ।
दक्षिण एसियाकै पहिलो फ्रेन्चाईज लिगको उपाधी हात पार्ने क्रममा कर्णालीले ललीतपुर माथि ३–२ को संघर्षपूर्ण जित दर्ता गरेको हो । कर्णालीले पहिलो र दोस्रो सेट क्रमशः २५–१७ र २५–२० को जित दर्ता गर्दै २–० को अग्रता बनाएको थियो ।
उपाधी माथि आत्मविश्वाशी देखिएको कर्णालीले तेस्रो र चौथो सेट भने ललीतपुरलाई क्रमशः २५–१२ र २५–१८ ले सुम्पिएपछि खेल २–२ को स्थितिमा पुगेको थियो । महिला भलिबलको घरेलु लिगका बादशाह मानिने कुमार राईको प्रशिक्षणमा रहेको कर्णालीले पाँचौं तथा निर्णायक सेटमा उत्कृष्ट कमव्याक गरेको ललीतपुरलाई १५–१३ ले स्तब्ध पार्दै उपाधी कब्जा गरेको हो ।
दर्शकले भरिभराउ दशरथ रंगशालाको कवर्ड हलमा सम्पन्न फाईनल खेल उपाधीको छिनो–फानो मात्र हैन, दर्शको अपेक्षा अनुसार नै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । र, खेल फाईनल जस्तै देखिएको थियो ।
लिगको उपाधी हात पारेकाे कर्णालीले ७ लाख प्राप्त गर्याे भने उपविजेता सीमित ललितपुरले ३ लाखमा चित्त बुझायाे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी कर्णाली याश्विजकी जेनेप ओत्रानले २० हजार रुपैयाँ प्राप्त गरिन् । फाइनल खेलको प्लेयर अफ द म्याच समेत जेनेप नै भईन् ।
लिग चरणमा सतप्रतिशत जित निकालेको अपराजित रहदै उपाधी हात पारेको हो । छ दिनसम्म चलेको लिगमा ६ टिमको सहभागिता रहेको थियो । राउण्ड रोविनका आधारमा खेलाईएको लिगका शिर्ष दुई टोलीले फाईनल खेलेका थिए । प्रतियोगितामा विदेशी खेलाडीहरुको सहभागिता र प्रदर्शन उत्कृष्ट रहेको थियो ।
प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार ९ : २१ बजे
प्रतिक्रिया