पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१४ भदौ, पाँचथर । फालेलुङ गाउँपालिका ५ प्राङबुङ स्थित डाँडागाउँमा विहिबार दिउँसो भएको विष्फोट परी गंभीर घाईते भएका दुई बालबालिकाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा स्थानीय दिलिप साँबाका ११ वर्षीय छोरा दिप्सन साँबा र दुई वर्षीया छोरी प्रिन्सा साँबा रहेका छन् । प्रिन्साको उपचारका लागि झापा लैजादै गर्दा विहिबार रातको करिब १० वजेतिर इलाममा र दिप्सनको झापको विर्तामोड स्थित विएण्डसी अस्पतालमा शुक्रबार विहान १ वजे मृत्यू भएको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्र जवेगुले बताए ।

विष्फोटमा परी मृत्यू भएका दिप्सन र प्रिन्सा साँबा

विष्फोटमा परी गंभीर घाईते भएका दुवै जनालाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि झापा रेफर गरिएको थियो । दुवै बालबालिकाको शरीर जल्नुका साथै विभिन्न स्थनमा चोटपटक लागेको देखिएको जिल्ला अस्पतालका एचए सोम दंगालले बताए ।

यसै गरी, सोही घटनामा परी घाईते भएका ज्ञानबहादुर राईको १० वर्षीय छोरा पवन राईको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । अर्का घाईते युनस राईको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । दुवै जनाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अभिभावकले जानकारी दिए ।

स्थानीय आईतराज साँबाको घरमा दिउँसो ३ वजेतिर विष्फोट भएको स्थानीयले बताए । उनी हाल फिदिम वजार बसोबास गर्ने गरेको र सो घरमा ज्ञानबहादुर राई बसोबास गर्दै आएको स्थानीय शिल्प साम्पाङले जानकारी दिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी परिचालन गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक हेमन्त क्षत्री भण्डारीले बताए । घटना भएको घर छेउमा अर्को बम जस्तो देखिने बस्तु फेला परेकोले नेपाली सेनाको टोली घटना स्थल पुगी अनुसन्धान गरिरहेको वडाअध्यक्ष भरत खपाङ्गीले जानकारी दिए ।

नेपाललाई बारुदी सुरुङ मुक्त घोषणा गरिए पनि बेला बखत विष्फोटका घटनाहरु हुने गरेका छन् । जिल्लामा यस अघि हिलिहाङ गाउँपालिका ७ स्थित जंगलको ओडारमा ०७४ वैशाख ४ गते विष्फोट हुँदा दुई जना घाईते भएका थिए ।

हेर्नुहोस् हिलिहाङ गाउँपालिका-७ मा वैशाख ४ गते भएको विष्फोट सम्बन्धी समाचार https://inseconline.org/np/news/%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%ab%e0%a5%8b%e0%a4%9f%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95-%e0%a4%98/

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ९ : २६ बजे