पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२८ साउन, पाँचथर । पाँचथरमा दिलेन्द्र कुरुम्बाङको संयोजकत्वमा आईतबार पहिचानबादी मोर्चा जिल्ला तदर्थ समिति गठन भएको छ ।

जिल्ला सदरमुकाम फिदिम वजार स्थित मानस्वी होटलको सभाकक्षमा सम्पन्न जिल्ला भेलाले कुरुम्बाङको संयोजकत्वमा ५७ सदस्यीय समिति गठन गरेको हो । मोर्चाका केन्द्रीय समितिका संयोजक प्रा.डा. महेन्द्र लावतीको उपस्थितिमा भएको भेलाले समिति चयन गरिएको संयोजक कुरुम्बाङले बताए ।

समितिको सदस्यहरुमा काङसोरे सुन्दर लावती, सिरी सेलिङ, रोशन लावती, मणिकुमार कुरुम्बाङ, सेसेहाङ लावती, नरेन्द्र आङदेम्बे, अमृता माङमु, सुरेन्द्र लावती, बसन्त लावती, मेहेरमान लावती, रनधोज कुरुम्बाङ, दुर्गा आङदेम्बे, यादव कुरुम्बाङ, रत्न राई, राम नुगो, गगन थोक्लिहाङ, लराङ लावती र मित्रकुमारी बर्देवा रहेका छन् । यसै गरी, जय तुम्रोक, केवि चेम्जोङ, सोझे राई, बलिराज चेम्जोङ, सिता तामाङ, ज्ञानबहादुर आङदेम्बे, रविन आङदेम्बे, चन्द्र नेम्बाङ, रमेश आङदेम्बे, नविना राई, गंगा पापो लावती, टेकबहादुर लावती, मिलन आङदेम्बे, मौसम कुम्बाङ, थर्कमान लावती, सन्तोष राई, प्रकाश तुम्रोक, देशकुमार लावती र अर्जुन फागोले सदस्यको जिम्मेवारी पाएका छन् । समितिको अन्य सदस्यहरुमा भूपाल योङहाङ, सूर्य योङहाङ, दिलन सेलिङ, होम नुगो, यवन बेघा, धिरेन नुगो, श्याम योङया, उदय नुगो, दिलबहादुर योङया, देउकुमार योङहाङ, मिलन चेम्जोङ, सेमिक लावती, सूर्यदिप सङबाङफे, विर्ख सङबाङफे, पदम दुखी सङबाङफे, रुजा राई, सुमन माङमु, हरि आङदेम्बे र नरेन्द्र आङदेम्बे रहेका छन् ।

पहिचानवादी शक्तिहरुलाई गोलबद्ध गर्न मोर्चा गठन गरिएको संयोजक कुरुम्बाङले बताए । उनले अहिलेका राजनीतिक दलहरुले मुलुकमा सामाजिक न्याय र समतामूलक समाज स्थापना गर्न नसकेको आरोप लगाए । दलहरुले मुलुकलाई समृद्ध बनाउने दृष्टिकोण निर्माण गर्न नसकेको परिस्थितिलाई मध्यनजर राख्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्न देशव्यापी मोर्चा गठन गर्ने कार्यलाई तिब्र रुपमा अगाडि सारिएको उनले जानकारी दिए ।


विभाग गठन
मोर्चाको आइतबार नै भएको पहिलो वैठकले विभिन्न विभाग गठन गर्नुका साथै सदस्य सचिव समेत नियुक्त गरेको छ ।

मोर्चाका संयोजक कुरुम्बाङद्धारा जारी विज्ञप्तीमा जनाइए अनुसार समितिको सदस्य सचिवमा सुन्दर लावती काङसोरे नियुक्त गरिएको छ । यसै गरी, प्रशिक्षण विभागमा सिरी सेलिङ, संगठन विभागमा रोशन लावती, आर्थिक विभागमा रुजा राई, यूवा विभागमा सुरेन्द्र लावती, महिला विभागमा अमृता माङमु र विद्यार्थी विभागमा नविना राईलाई जिम्मेवारी दिइएको छ ।


जिल्ला कार्यालय उद्घाटन
पहिचानवादी मोर्चा जिल्ला समितिको कार्यालय फिदिम नगरपालिका १ स्थित हुलाक लाईनमा आईतरबार उद्घाटन गरिएको छ ।

मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले मौलिक विधिद्धारा कार्यालयको उद्घाटन गरेका हुन् । मोर्चाका गतिविधिहरु व्यवस्थित रुपमा सञ्चालन गर्न कार्यालय स्थापना गरिएको जिल्ला समितिका संयोजक दिलेन्द्र कुरुम्बाङले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : ४६ बजे