पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१० साउन, पाँचथर । पेरिस ओलम्पिक २०२४ अन्तर्गत फुटबल तर्फको खेलमा आश्चार्यजनक निर्णय भएपछि अर्जेटिना पराजित भएको छ । खेल सकिएको २ घण्टापछि भारको मद्दतमा लिइएको निर्णयले मोरक्कोसँग अर्जेटिना पराजित भएको हो ।

मोरक्कोका सोफियान रहिमीले पहिलो हाफको अन्त्यमा गोल गर्दै आफ्नो टिमलाई १० को अग्रता दिलाएका थिए । उनले नै दोस्रो हाफ सुरु भए लगत्तै ४९औं मिनेटमा पुनः गोल गर्दै मोरक्कोलाई खेलमा २० अग्रता दिलाए । अर्जेन्टिनाका जिउकियानो सिमिओनेले ६८औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत गरेका थिए ।

२–१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । यसपछि खेल २–२ को बराबरीमा सकिएको मानिएको थियो । अर्जेटिनाले गोल गरे लगतै दर्शकहरु बोतल प्रहार गर्दै मैदानमा समेत प्रवेश गरेका थिए । मैदानको अवस्था असामान्य बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए । दुवै टिमले मैदान पनि छाडिसकेका थिए । तर रेफ्रीले खेल सकिएको सङ्केतमा सिठ्ठी भने बजाएका थिएनन् ।

अन्तिम समयमा अर्जेटिनाले गरेको गोललाई भीएआरले मान्यता नदिएपछि नजिता सच्याइएको थियो । यसपछि थप ३ मिनेट समेत खेल खेलाइएको थियो । सो समयमा अर्जेटिनाले गोल गर्न नसकेपछि खेल मोरक्को पक्षमा रहनु पुग्यो ।

फुटबलमा भएको यो अनौठो घटनालाई लिएर अर्जेटिनाको फुटबल महासंघले फिफालाई पत्राचार गरेको छ भने सिनियर टिमका कप्तान लियोनल मेस्सीले समेत अविश्वासनीय भएको प्रतिक्रिया दिएका छन् ।

तस्विर- एजेन्सी

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : ५६ बजे