पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३१ असार, पाँचथर । कोपा अमेरिका- २०२४ को उपाधी अर्जेन्टिनाले हात पारेको छ । लिओनल मेस्सी प्रेरित अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै उपाधी हात पारेको हो।

निर्धारित समय ०-० को बराबरीमा सकिए पछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो । अर्जेन्टिनाका लौतारो मार्टीनेजले १ सय १२ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाए । गोलकर्ता मार्टीनेज ९७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । जियोभानी लो सेल्सोको थ्रु पास मार्फत आएको वान भर्सेस वानको अवसरलाई शक्तिशाली प्रहार मार्फत उनले गोल गरेका थिए ।

खेलमा राम्रो पोजिसन बनाए पनि पटक-पटको आक्रमणमा अर्जेन्टिनाका गोल रक्षक एमी मार्टिनेज बाधक बनेपछि कोलम्बिया उपाधी चुम्नवाट चुकेको थियो । अर्जेन्टिनाले ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका कारण गुमाएको थियो ।

२०२१ मा कोपा अमेरिका जितेको अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि जितेको थियो । यसपाली पनि कोपा अमेरिकाको उपाधी जितेपछि मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पछिल्लो तीन वर्षमा लगातार तीन उपाधि जितेको हो।

रोड्रिगेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

उपविजेतामा सीमित कोलम्बियाका कप्तान हामेस रोड्रिगेज कोपा अमेरिका-२०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।प्रतियोगिता अवधिभर उनले १ गोलका साथै ६ असिस्ट गरेका थिए । फाइनलमा भने उनी अतिरिक्त समयको सुरुवातमा परिवर्तन भएका थिए ।

यसै गरी, अर्जेन्टिनाका लौतारोले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने । उनले फाइनलमा समेत गोल गरेका थिए। अर्जेन्टिनाकै एमी मार्टिनेज उत्कृष्ट गोलकिपर बन्न सफल रहे । उनले प्रतियोगिता भर १ गोलको मात्र सामना गरेका थिए। मार्टिनेजले क्वाटरफाइनलमा इक्वेडोर विरुद्ध पेनाल्टी शूटआउटमा दुई बचाउ गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ८ : ५८ बजे