पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१४ लुङरुपा-आहालेमा विहिवार राति धामी-चिन्ता हेरेर बसिरहेको ठाँउमा कुटपिट गर्दा मृत्यु भएका मृतक दिनेशकुमार राईको घटनामा संलग्न भएको आशङ्कामा तीन जना पक्राउ परेका छन् ।

फिदिम न.पा. १२ बस्ने बर्ष ३७ को दिनेश मगर, फिदिम न.पा. १३ बस्ने बर्ष २६ को विजय लिम्बु र फिदिम न.पा. १४ बस्ने बर्ष २८ को शुशिल राईलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हेमन्त बहादुर क्षेत्रीले जानकरी दिए।

घटनामा सम्लग्न रहेको आशङ्कामा निजहरुलाई पक्राउ गरि अनुसन्धान भईरहेको डिएसपि क्षेत्रीले बताए ।

विहिवार राती भएको घटनामा दिनेशकुमारको शुक्रवार विहान मृत्यू भएको हो भने स्थानीय धुव्र राई, पर्शु राई र धुब्र विक सामान्य घाईते भएका छन ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ८ : ११ बजे