पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१४ लुङरुपा-आहालेमा धामि-चिन्ता हेरेर बसिरहेको ठाँउमा कुटपिट हुँदा घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

विहिवार रातको ९ः३० बजे स्थानीय धन कुमार राईको घरमा धामी-चिन्ता भईरहेको अवस्थामा र नाम, थर, वतन नखुलेको १५/२० जनाको हुलटोली आई आक्रमण गर्दा घाईते भएका ३७ बर्षिय दिनेश कुमार राईको पाँचथर अस्पतालमा उपचारका लागि ल्याइएकोमा आज शुक्रवार विहान अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जानकारी दिएको छ ।
रातीको समयमा धामि बसीरहेको एउटा समुह आएर कुटपिट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार कुटपिटमा संलग्न मध्ये केहिको पहिचान खुलेकोले खोजी कार्य जारी रहेको छ ।
के विवादमा घटना भयो भन्ने खुल्न सकेको छैन् । स्थानीय धुव्र राई, पर्शु राई र धुब्र विक सामान्य घाईते भएका र निजहरु पाँचथर अस्पतालले डिस्चार्ज गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ११ : ३९ बजे