पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१४ असार, पाँचथर । विद्यार्थीहरुको फलामे ढोका भनेरे चिनिने माध्यमिक शिक्षा परीक्षा (एसईई) को विहिबार प्रकाशित नजितामा पाँचथर जिल्लावाट २६.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले प्रकाशन गरेको नजिता अनुसार पाँचथर जिल्लावाट साधारण धारण र प्राविधक धार गरी २६.९१ प्रतिशत विद्यार्थीले एसईई परीक्षा उत्तिर्ण गरेका हुन् । दुवै धार गरी जिल्लावाट सहभागी जम्मा २७०९ मध्ये ७२९ विद्यार्थी मात्र उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाईले प्रकाशित गरेको नजितामा जानकारी दिइएको छ ।

साधारण धार तर्फ कुल २५५२ विद्यार्थी मध्ये ६७५ विद्यार्थी उत्तिर्ण भएका छन् । यसै गरी, प्राविधक धार तर्फ कुल १०३ विद्यार्थी मध्ये ५४ जना विद्यार्थी उत्तिर्ण गरेका हुन । प्रतिशतका आधारमा तुलनात्मक रुपमा हेर्दा साधारण धार भन्दा प्राविधिक धार तर्फ वढी विद्यार्थी उत्तिर्ण भएका हुन् ।

साधारण धार तर्फ जिपिए ३.६० देखि ४.०० ल्याउने विद्यार्थी १३ जना, ३.२० देखि ३.६० हाँसिल गर्ने १४८ जना, २.८० देखि ३.२० हाँसिल गर्ने ३०८ जना, २.४० देखि २.८० हाँसिल गर्ने १८० जना र २.०० देखि २.४० हाँसिल गर्ने २६ जना रहेका छन् । यस धार तर्फ १८७७ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् ।

प्राविधिक धार तर्फ जिपिए ३.६० देखि ४.०० ल्याउने विद्यार्थी २ जना, ३.२० देखि ३.६० हाँसिल गर्ने २८ जना, २.८० देखि ३.२० हाँसिल गर्ने २४ जना रहेका छन् । यस धार तर्फ १०३ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् ।

गत चैत १७ गतेदेखि सञ्चालित साे परीक्षामा देशभरीवाट ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

अनुत्तिर्णले समेत ग्रेड वृद्धि परीक्षा लेख्न पाउने

नेपाल सरकार मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले एसईईमा अनुत्तिर्ण विद्यार्थीले समेत ग्रेड वृद्धिको मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । यस अघि दुई वा सो भन्दा कम विषयमा अनुत्तिर्ण विद्यार्थीले मात्र सो परीक्षा लेख्न पाउने व्यवस्था कायम गर्दै साउन १८ र १९ गते परीक्षा तालिका समेत सार्वजनिक गरिएको थियो । मन्त्रिपरिषदको निर्णय पछि अब दुई भन्दा वढि विषयमा अनुत्तिर्ण भएका विद्यार्थीहरुले समेत मौका परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ९ : २७ बजे