पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१४ असार, पाँचथर । लागू औषध गाँजा ओसार-पोसारकाे आरोपमा प्रहरीले मोरङ र सुनसरी जिल्लावाट विहिबार तीन जनालाई गिरफ्तार गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका ७ का राज कुमार सिंहलाई प्रहरीले गिरफ्तार गरेको हो । आरोपितको खेतको गोठवाट ४९ बोरामा १ हजार ५ सय ४८ किलो ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । विशेष सूचनाका आधारमा गाँजा बरामद गरिएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।

यसै गरी, सुनसरीको देवानगञ्ज २ का २४ बर्षीय रणधिर यादव र भारत बिहार सुपौलका २९ बर्षीय सुनिल कुमार यादवलाई २१ किलो २०० ग्राम गाँजा र १ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । देवानगञ्ज गाउँपालिका १ स्थित इलाका प्रहरी कार्यालय र हरीनगराबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा उनीहरुलाई गाँजा सहित गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका आरोपितहरुको जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान थालिएको दुवै जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ८ : ४१ बजे