पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । जनसेवा समाज पाँचथरले फिदिम–२, ओदीन स्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाइ शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष राजेन्द्र अधिकारीले आवासीय कक्षा व्यवस्थपन समिति संयोजक गंगा इङ्वा लिम्बूलाई विहीबार शैक्षिक सामग्री प्रदान गर्नुभयो ।
फिदिमको सापकोटा पुस्तक पसलका प्रोपाइटर नोम सापकोटामार्फत जनसेवाको समन्वयबाट सो शैक्षिक सामग्री प्राप्त भएको हो । सहयोगको रुपमा प्राप्त १२० थान कापी र १५ प्याकेट पेन्सिल जनसेवाले विद्यालयमै आएर प्रदान गरेको हो । लामो समयदेखि समाजसेवामा क्रियाशिल जनसेवाका अध्यक्ष राजेन्द्रले आवासीय विद्यार्थीलाई थप सहयोग पु¥याउन लाग्ने बताउनु भएको छ । यसै शैक्षिक वर्षबाट आदर्श आधारभूत विद्यालयमा आवासीय कक्षा सुचारु गरिएको हो । पारिवारिक विचलनमा परेर, आमाबाबु गुमाएर तथा कमजोर आर्थिक अवस्था भएर विद्यालय बाहिर रहेका बालबालीकालाई पढ्ने वातावरण दिलाउन यहाँ आवासीय कक्षा सञ्चालनमा ल्याइएको हो । यहाँ अहिले पाँचथरका विभिन्न ठाउँका २० जना बालबालीका पढीरहेका छन् ।
विभिन्न निकाय, व्याक्तिबाट यहाँका आवासीय विद्यार्थीका लागि खाद्यका साथै नगद, जिन्सी सहयोग प्राप्त भइरहेको छ । विद्यालयसंग पर्याप्त भवन अभावले भाडाको घरमा आवासीय कक्षा सञ्चालन गर्नु परिरहेको अवस्था छ । यसका कारण नानीहरुले साघुरो कोठामा असजिलोको साथ आवासीय सेवा लिन्ुपरिहेको छ । यसमा सहयोग पु¥याउन संयोजक गंगाले सम्बन्धित निकाय र सहयोगी मनहरुसंग सहयोगको अपिल गर्नुभएको छ । आउदो आर्थिक वर्षबाट आदर्श आधारभूत विद्यालयको आवासीय कक्षालाई सहयोग पुग्ने गरि बजेट विनीयोजन गरिने मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो । केहि समय अघि यस विद्यालयको पाँचथरका प्रदेश ख सांसद, कोशी प्रदेशका पूर्व अर्थ मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले अवलोकन गर्नु भएको थियो । यस क्रममा सांसद आङ्बोले विद्यालयको व्यवस्थित भवन निर्माणमा सहयोग गर्न सघाउने बचनबद्धता व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ८ : ४१ बजे