पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए । उपाध्यक्षज्यूकाे परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ,’ उनले भने, ‘ पहिराले दुई वटा घर बगाएको छ ।’

तस्बिरः सामाजिक संजाल बाट

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ११ : २७ बजे