पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२९ जेठ, पाँचथर । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसीसी टि-२० विश्वकपमा पहिलो खेल गुमाएको नेपालले बलियो प्रतिदन्द्धी श्रीलंकाको सामना गर्दैछ ।

अमेरिकाको फ्लोरिडामा बुधबार विहान ५:१५ वजेवाट सुरु हुने आफ्नो दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा आफु भन्दा वलियो प्रतिदन्द्धी श्रीलंकाको सामना गर्न लागेको हो । जारी विश्वकपको समूह डीमा रहेका यी दुई टोली हालसम्म अंक विहिन छन् । यसले गर्दा दुवै टोली जितको खोजीमा हुनेछन् ।

स्वभाविक खेल प्रदर्शन गर्न नसेको श्रीलंका दुई खेलमा पराजित भएको छ । श्रीलंकालाई पहिलो खेलमा दक्षिण अफ्रिकाले ६ विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको श्रीलंकन टिमले १९.१ ओभरमा मात्र ७७ रन बनाएर अलआउट भएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको साउथ अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर ८० रन बनाउँदै जित हाँसिल गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई वंगलादेशले २ विकेटले हराएको थियो । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपाल भने पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सवै विकेट गुमाएर मात्र १०६ रन बनाएको थियो । डच टिमले १८.४ ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाउँदै विजय हाँसिल गरेको थियो ।

खेल अघिको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितकुमार पौडेलले खेलाडीहरु उत्साहित रहेको र राम्रो नतिजाका लागि खेल खेल्ने बताए । एसोसिएट राष्ट्रले टेस्ट मान्यता प्राप्त राष्ट्रहरुलाई हराएको हुनाले पनि आफ्नो टिम उत्साहित रहेको उनले बताए ।

यस खेललाई लिएर दर्शक पनि उतिकै उत्साहित छन् । जारी विश्वकपमा नेपालले श्रीलंकलाई हराउन सक्ने क्रिकेट संघ पाँचथरका अध्यक्ष सुमन लामाले बताए । सुपर-८ का लागि दुवै टोली ‘डु एण्ड डाई’को अवस्थामा रहेकाले खेल प्रतिस्पर्धात्मक हुने खेल पत्रकार दिपक बोहोराले बताए । यस अघिका दुई खेल पराजित भईसकेको हुनाले श्रीलंका वढि दवावमा हुने यसको फाईदा नेपालले लिन सक्ने पत्रकार बोहोराले बताए ।

समूह डिमा दुई खेल गुमएको श्रीलंका नेपाल भन्दा वढि दवावमा हुने देखिएको छ । यस समूहको अंक तालिकामा साउथ अफ्रिका ६ अंक सहित पहिलो स्थानमा रहेको छ भने समान २ अंकका साथ बंगलादेश र नेदरल्याण्ड दोस्रो र तेस्रो स्थानमा छन् । अंक विहिन नेपाल र श्रीलंका क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ९ : ३६ बजे