पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

जेठ २९, पाँचथर । नवजात शिशु जन्माई हत्या गरेको आरोपमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका- २ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ ।

आरोपितले आइतबार साल नाल सहितको बच्चा जन्माई हत्या गरी घर नजिकैको खोल्सीमा फ्याँकेको स्थानीयले बताए । घटनाको जानकारी पाउन साथ प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । अवैध सम्बन्धवाट शिशुको जन्म भएकाेले आरोपितले हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानवाट देखिएको प्रहरीले जानकारी दिएको छ ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनको जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : २९ बजे