पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

फिदिम । फिदिम नगरपालिका–२, मुस्कान चौक निवासी देविकुमारी मुखियाले यसै वडा स्थितको आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई कपडा वितरण गर्नु भएको छ । उहाँले पाइन्ट, टिसर्ट लगायतको बाह्र हजार मुल्य बराबरको कपडा शुक्रबार प्रदान भएको हो ।
असजिलोका साथ पुराना कपडा लगाउनु पर्दा असहज महसुस गरिरहेका नानीहरुको अवस्था देखेपछि आफूले सहयोग गरेको मुखियाले सुनाउनुभयो । नयाँ कपडा लगाउन पाएपछि यहाँका बालबालिका धेरै रमाए । शुक्रबार नै फिदिम नगरपालिकाले पनि एक सय किलो चामल, २० किलो आलु आठ/आठ वटा डस्ना, कम्बल, झुल लगायत प्रदान गरेको छ । यसअघि पत्रकार तथा साहित्यकार सन्देश सुब्बाले एक हजार १ सय ११ रुपियाँ नगद सहयोग गर्नु भएको छ । स्थानीय वृद्ध विरबहादुर लिम्बूले पाँच हजार मुल्यको पानी राख्ने हिल टैंक प्रदान गर्नु भएको छ । विरबहादुरले आफूले सरकारबाट पाएको वृद्धभत्ताबाट आधि रकम छुट्याएर विद्यालयलाई सहयोग गरेको सुनाउनुभयो । प्राप्त भइरहेको सहयोगले असहाय नानीहरुको आवासका लागि धेरै राहत पुगीरहेको आवासीय कक्षा व्यवस्थापन समिति संयोजक गंगा ईंवा लिम्बूले बताउनुभयो । संयोजक गंगाले फेरी पनि यस्तै सहयोगको अपेक्षा गर्दै विद्यालयको तर्फबाट दाताहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
यहाँको आवसीय कक्षामा आमा बाबुविहीन तथा अत्यन्तै कमजोर आर्थिक अवस्थाका २० जना असहाय विद्यार्थी अध्ययनरत छन् । यसै शैक्षिक वर्षबाट सुरु गरिएको यहाँको आवासिय विद्यार्थीका लागि तत्कालिन अवस्थामा गाँस, बाँस र कपासको समस्या झेल्नु परिरहेको छ । विद्यालयसंग पर्याप्त भवन अभावले भाडाको घरमा आवासीय कक्षा सञ्चालन गर्नु परिरहेको अवस्था छ । यसका कारण नानीहरुले साघुरो कोठामा असजिलोको साथ आवासीय सेवा लिन्ुपरिहेको छ । यसमा सहयोग पु¥याउन संयोजक गंगाले सम्बन्धित निकाय र सहयोगी मनहरुसंग सहयोगको अपिल गर्नुभएको छ । केहि समय अघि यस विद्यालयको पाँचथरका प्रदेश ख सांसद, कोशी प्रदेशका पूर्व अर्थ मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले अवलोकन गर्नु भएको थियो । यस क्रममा सांसद आङ्बोले विद्यालयको व्यवस्थित भवन निर्माणमा सहयोग गर्न सघाउने बचनबद्धता व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ३९ बजे