पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नारायण तुम्बापो

१३ जेठ, पाँचथर । प्रेस सेन्टर पाँचथरले स्वर्गीय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसको अवसरमा खाद्यान्न वितरण गरेको छ । फिदिम नपा– २ ओदिन स्थित आदर्श आधारभूत विद्यालयका अनाथ, असहाय आवासीय विद्यार्थीलाई आइतबार खाद्यान्न वितरण गरिएको हो ।

सेन्टरका केन्द्रीय सदस्य विजयबोध लावती, जिल्ला अध्यक्ष सेसेहाङ लावती, सचिव सुवास राईका साथै स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा खाद्यान्न प्रदान गरियो । चामल, नुन, तेल लगायतको खाद्यान्न प्रदान गरिएको हो ।

यहाँको आवसीय कक्षामा २० जना असहाय विद्यार्थी अध्ययनरत छन् । यसै शैक्षिक वर्षबाट सुरु गरिएको यहाँको आवासीय विद्यार्थीका लागि तत्कालिन अवस्थामा गाँस, बाँस र कपासको समस्या झेल्नु परिरहेको आवासीय कक्षा व्यावस्थापन समिति संयोजक गंगा ईङ्वा लिम्बूले बताए । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दीगो व्यवस्थापन गर्न राज्यका निकाय र अन्य सहयोगी दाताहरुसंग सहयोगका लागि संयोजक लिम्बूले अपिल गरेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  २ : ४० बजे